२ चैत्र २०८२, सोमबार | March 16, 2026

डा.गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर : मानवअधिकार आयोग



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर गोविन्द केसीसँग भएका विगत सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केसीसँग सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरुप्रति गम्भीर बन्दै कार्यान्वयनस्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले चिकित्साशिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील बन्दै केसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य अवस्था विग्रिँदै गएकोले अनसनको नवौं दिन डा. के.सी. लाई नेपालगञ्ज हुँदै काठामाडौं ल्याई वीर अस्पतालस्थित ट्रमा सेन्टरमालगिए पनि उहाँलाई हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको पाइएको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्चजोखिम रहेको अनुगमनको क्रममा बुझिएको छ ।’

आयोगले आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटील विकल्प नरोज्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

डा. के.सी.को जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघ लगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १ : ३५ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको