१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याब परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । इक्यान रुपन्देहीमा आबद्ध सदस्य, कर्मचारी, उनीहरूका परिवारजन तथा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

बिहीबार बुटवलमा आयोजित एक समारोहका बीच दुबै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा थाइरो ल्याव बुटवलका तर्फबाट प्रबन्ध निर्देशक दिपु केसी र इक्यान रुपन्देहीका तर्फबाट अध्यक्ष गोविन्द बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार इक्यान रुपन्देहीका सदस्य तथा उनीहरूका परिवारका लागि सामान्य प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणमा २० प्रतिशत र आउटसोर्स प्रयोगशाला परीक्षणमा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

त्यसैगरी, इक्यान रुपन्देहीका कर्मचारी तथा उनीहरूका परिवारजनका लागि सामान्य प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणमा २० प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणमा १५ प्रतिशत र आउटसोर्स परीक्षणमा ५ प्रतिशत छुट उपलब्ध गराइने उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले यस सहमतिले संघका सदस्य, कर्मचारी, परिवारजन तथा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई स्वास्थ्य परीक्षणमा सहज र किफायती सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

थाइरो ल्याव बुटवलका प्रबन्ध निर्देशक दिपु केसीले सबै प्रकारका प्रयोगशाला सेवा थाइरो ल्यावमै उपलब्ध हुने भएकाले अब बिरामीले महँगो शुल्क तिरेर काठमाडौं जानुपर्ने बाध्यता हट्ने बताए । उनले नयाँ व्यवस्थापनसँगै ल्यावको स्तर अभिवृद्धि गरिएको र अत्याधुनिक ‘टच प्रोफाइल’ परीक्षण सेवा सुरु गरिएको जानकारी दिए ।

केसीका अनुसार यस क्षेत्रमै पहिलो पटक सुरु गरिएको टच प्रोफाइल प्रविधिबाट दुई घण्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिनेछ । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै लक्षित बिरामीका लागि उक्त सेवा सञ्चालन गरिएको उनले बताए ।

नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको थाइरो ल्यावले आफ्ना सेवाहरूलाई थप विशिष्टीकृत र प्रविधिमैत्री बनाउँदै अगाडि बढेको ल्याव इन्चार्ज अमृत सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ५८ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले