२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न



बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना गर्ने उद्देश्यका साथ बुटवलमा ५९ नेवारी कन्याको सामूहिक ईही (बेलिविवाह) सम्पन्न भएको छ । श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भूपुसैनिक सभा हलमा दुई दिनसम्म ईही तथा कैटापुजा कार्यक्रम सञ्चालन गरिएको हो ।

नेवारी पण्डितहरूबाट विधिपूर्वक सामूहिक रूपमा ईही सम्पन्न गरिँदा एकातर्फ खर्च न्यून हुने र अर्कोतर्फ संस्कारलाई शुद्ध तथा व्यवस्थित रूपमा निरन्तरता दिन सकिने भएकाले यसको महत्व बढेको समितिका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले बताए । उनले बदलिँदो सामाजिक परिवेशमा परम्परागत संस्कार संरक्षणका लागि सामूहिक कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गरे ।

ईहीमा मूल कन्याका कजी कन्या युनिसा श्रेष्ठ तथा अभिभावक युवराज श्रेष्ठ र सीमा श्रेष्ठसहित कार्यक्रम सफल गर्न सहयोगीहरुलाई सम्मानपत्रबाट सम्मानित गरिएको संयोजक अन्जु श्रेष्ठले बताईन ।

नेवारी पण्डित हरिशरण राजोपाध्यायले सामूहिक ईही नेवारी संस्कृतिको महत्वपूर्ण संस्कार भएको उल्लेख गर्दै यसले धर्म, संस्कार र सामाजिक एकतालाई मजबुत बनाउने बताए । ईही केवल धार्मिक कर्मकाण्ड मात्र नभई कन्यालाई संस्कार, मर्यादा र सामाजिक जिम्मेवारीप्रति सचेत गराउने माध्यम भएको उनले बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामूहिक रूपमा आयोजना गर्दा विधि शुद्ध रहनुका साथै खर्च कम हुने, सबै वर्गका परिवारलाई समान अवसर मिल्ने र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न सहज हुने बताए । घरमै कन्यालाई संस्कार र कर्म सिकाउने परम्पराको निरन्तरताका रूपमा ईही रहेको उनले बताए ।

समितिका सचिव लक्ष्मण श्रेष्ठले समुहमा गरिएको कार्यक्रमबाट नया पुस्तामा ज्ञान सिक्न सहज हुने बताए । छरिएर रहेका नेवार समुदायलाई गोलबद्ध गर्दै आफनो संस्कृति सिकाउनेमात्र नभइ उनिहरुलाई सामाजिक कार्यमा अग्रसर गर्दै आएको उनले बताए ।


यस वर्ष रुपन्देहीसहित नेपालगञ्ज, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायत विभिन्न जिल्लाबाट ५९ कन्या र ९ बालकहरु कार्यक्रममा सहभागी भएका संयोजक देवकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ५ : ३० बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३