३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’



गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका कारण मतदातामाझ लोकप्रिय देखिन्छन् । मिठो मुस्कान, सरल स्वभाव र स्पष्ट बोलीका कारण उनी मतदातासँग छिट्टै नजिकिने नेताका रूपमा परिचित छन् । असन्तुष्ट र रिसाएका मतदाता पनि उनलाई भेटेपछि सहज महसुस गर्ने गरेको स्थानीय बताउँछन् ।

पालिका स्तरीय घरदैलो अभियानको अन्त्यतिर सोमबार मुसिकोट नगरपालिका–१ को रंगनाम पुगेका बिष्टलाई स्थानीय कृष्ण गिरीले भावुक र गम्भीर शब्दमा स्वागत गरे। गिरीले आफ्नो टोलमा गोकर्ण बिष्टले आजसम्म गरेका विकास निर्माणका कामको खुलेर प्रशंसा गरे । साथै, गाउँमा रहेका समस्या, पीडा र अपेक्षासमेत उनले स्पष्ट रूपमा व्यक्त गरे ।

इस्मा र मुसिकोटको सिमानामा रहेको रंगनाम भौगोलिक रूपमा विकट क्षेत्र हो । विकासको अभावका कारण गाउँ छोडेर बसाइँ सर्नेहरूको संख्या बढ्दो छ । तर, गाउँप्रतिको माया र आशा बोकेर बसेका मतदाताले आफ्ना उम्मेदवारसँग संस्कारसहित आफ्ना भावना पोख्नु उदाहरणीय देखिएको थियो ।

सोही क्रममा गिरीले आफूले अहिलेसम्म कसैलाई मत नदिएको उल्लेख गर्दै गोकर्ण बिष्टलाई भने ‘बुबाआमाजस्तै मनमुटुमा तस्बिर सजाएको’ भावुक अभिव्यक्ति दिए । गाउँभर अनेक हल्ला चले पनि आक्रोश र खुसी दुबै गोकर्ण बिष्टसँगै बाँड्दै आएको उनले बताए । गिरीको घरमा भेला भएका मतदाताले सडक, कृषि, विपद् व्यवस्थापनलगायतका स्थानीय समस्या पनि बिष्टसमक्ष राखेका थिए ।

जवाफमा गोकर्ण बिष्टले विगतमा लौरो टेकेर भोट माग्नुपर्ने अवस्था रहेको गाउँमा अहिले गाडी पुग्ने अवस्था बनेको उल्लेख गरे । मुख्य सडक कालोपत्रेको चरणमा पुगेको, विद्युत्, खानेपानी, अस्पताल, विद्यालय, स्वास्थ्यचौकी र पुल निर्माणजस्ता थुप्रै विकासका काम सम्पन्न भएको उनले बताए ।

भेटघाटको अन्त्यमा बिष्टले रंगनाम क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै ती सबै अधुरा काम आगामी दिनमा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ३ : २० बजे

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार