१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को सफल परीक्षण



भर्जिनिया । सामाजिक संजालमा आधारित ई–कमर्स कम्पनी सगुनले सगुन एपमा नयाँ फिचर ‘मुड टक’ को बेटा भर्सनको सफल परीक्षण गरेको छ।

शनिबार जूममार्फत आफ्ना लगानीकर्ता तथा प्रयोगकर्ताहरु माझ गरिएको परीक्षणमा सगुनका संस्थापक गोविन्द गिरीले आफ्नो प्राविधिक टिमसँग बसेर लामो गृहकार्य पछि यो फिचर अहिलेको स्वरुपमा तयार भएको उनले जानकारी दिए। मुड टकको अवधारणाबारे जानकारी गराउँदै गिरीले केहि समयअघि बिरामी हुँदा आमालाई आफ्नो भावना कसरी पुराउने भन्ने सोचेर उक्त च्याटको परिकल्पना आफुले गरेको बताए।

सगुनका हेड अफ टेक्नलजी कपिल नवानीले लामो अनुसन्धान र बजारमा उपलब्ध अन्य सामाजिक संजालको पनि अध्ययन गरेर मुड टक विकास गरिएको बताए। नवानीले आम प्रयोगकर्ताका लागि सगुन एपको नयाँ भर्सन छिटै उपलब्ध हुने जानकारी पनि दिए । उनले मुड टकमा रहेका विभिन्न फिचरहरुको लाइभ डेमो गरेर देखेका थिए।

सगुनकी सहसंस्थापक स्वाती दयालले आफ्नो टिमले रातदिन काम गरेर नयाँ भर्सन तयार गरेको जानकारी गराइन्। दयालले २४ घण्टामा च्याट आफै डिलिट हुने तर त्यो भन्दा पहिले आफुले पनि डिलिट गर्न सकिने बताइन्। उनले यसमा चित्र वा भिडियो पनि चाडै शेयर गर्न मिल्ने र यो फिचरले मानिसहरुलाई कुराकानी शुरु गर्न, सम्वन्ध बनाउन र बलियो बनाउन सघाउने विश्वास व्यक्त गरिन्।

 

यो पनि पढौं : फेसबुकको बाटोमा सगुन

 

दक्षिण कोरियामा रहेका सगुनका लगानीकर्ता सत्तम लामाले मुड टकको सहायताले आफ्नो परिवारसँग कुरा गर्न पाउँदा साह्रै खुसी लागेको बताए। लामाले यो फिचर चाँडै लोकप्रिय हुने विश्वास पनि व्यक्त गरे।

नेपालमा रहेका प्रयोगकर्ताहरु शिशिर पोखरेल र ध्रुव शर्माले नयाँ फिचरबाट आफुहरु निकै उत्साहित भएको बताए । अमेरिकास्थित लगानीकर्ता चिन्ता बजगाईंले नयाँ फिचर सगुनका लागि एक कोशेढुंगा भएको बताए। जापान निवासी लगानीकर्ता क्रिस गैरेले नयाँ फिचर ल्याएकोमा सगुनलाई धन्यवाद दिए।

सगुनका सहसंस्थापक कबिन सिटौलाले सगुनको यात्रामा आजको दिन ऐतिहासिक भएको भन्दै यो फिचर विकास गर्न सघाउने टिमका सबै सदस्यलाई धन्यवाद दिए। उनले सगुनले जहिले पनि अरु भन्दा अलग भएर समाजमा केही नयाँ कुरा ल्याउन प्रयास गरिरहेको बताए। उनले आगामी दिनमा पनि सगुनलाई यसैगरी सबैको सहयोग र साथ प्राप्त भै रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०६ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को