३० असार २०८३, मंगलबार | July 14, 2026

उज्यालोका इन्जिनियर सुरज पाण्डे : प्रविधि, ऊर्जा र राजनीतिक परिवर्तनको संगम



बुटवल। समयको चक्रसँगै राजनीति पनि रूपान्तरणको चरणमा छ। परम्परागत अनुहार र शैलीका बीच अब अनुसन्धान, प्रविधि र व्यवस्थापनको अनुभव बोकेका नयाँ पुस्ताका पात्रहरू जनमतको अदालतमा उभिन थालेका छन्। रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा यस्तै एक नाम हो – सुरज पाण्डे। पेशाले इन्जिनियर, कर्मले उद्योगी र सोचले परिवर्तनकामी अभियन्ता पाण्डे अहिले राजनीतिक यात्राको नयाँ मोडमा उभिएका छन्।

बुटवलका गल्लीदेखि विश्वदृष्टिसम्म

बुटवलमै जन्मिएर हुर्किएका पाण्डे यहीँका सडक, बजार र सामाजिक स्पन्दनसँग घनिष्ठ रूपमा जोडिएका छन्। न्यू होराइजन इंग्लिश बोर्डिङ स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका उनले २०५७ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षाको खोजी उनलाई काठमाडौंसम्म पुर्‍यायो।

सिद्धार्थ बनस्थलीबाट प्लस टु सकेपछि उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरे। अध्ययनको क्रममा उनी केवल पाठ्यपुस्तकमा सीमित रहेनन् : अनुसन्धान र अध्यापनमा समेत सक्रिय बने। दुई वर्षसम्म विश्वविद्यालयमै अध्यापन अनुभव बटुलेपछि उनले इटालीमा छात्रवृत्तिमार्फत स्नातकोत्तर अध्ययन गर्ने अवसर पाए।

विदेशको बसाइँले उनलाई अन्तर्राष्ट्रिय दृष्टि, अनुशासन र व्यवस्थापन सीप दियो। तर मनको मूलमा भने आफ्नै माटोका लागि केही गर्ने आकांक्षा निरन्तर धड्किरह्यो।

उद्योग र ऊर्जा क्षेत्रमा सक्रिय हस्तक्षेप

नेपाल फर्किएपछि पाण्डेले साथीसँग मिलेर रुपन्देहीको तिलोत्तमा–टिकुलीगढ क्षेत्रमा उद्योग स्थापना गरे। २७ वर्षकै उमेरमा उद्योग सञ्चालनमा ल्याउनु उनको आत्मविश्वास र उद्यमशीलताको प्रतीक बन्यो।

ऊर्जा क्षेत्रसँग पनि उनको संलग्नता गहिरो रह्यो। जलविद्युत् उत्पादन, आपूर्ति र वितरणसँग सम्बन्धित परियोजनाहरूमा उनले काम गरे। देशलाई लोडसेडिङमुक्त बनाउन सञ्चालन गरिएको अभियानमा आफूले योगदान दिएको उनको दाबी छ। ऊर्जा व्यवस्थापन र पूर्वाधार सुधारमा उनको सक्रियता निरन्तर रहँदै आएको छ।

उनकै नेतृत्वमा सञ्चालित निर्माण कम्पनीले एक सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा सयौँ परिवारको जीविकासँग गाँसिएको छ।

प्रेरणाको मोड : कुलमानसँग भेट

उनको जीवनयात्रामा एउटा निर्णायक मोड कुलमान घिसिङसँगको भेटपछि आयो। नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दै देखाइएको दृढता, पारदर्शिता र परिणाममुखी कार्यशैलीले पाण्डेलाई गहिरो प्रभाव पार्‍यो।

“परिवर्तन बाहिर बसेर आलोचना गर्दा होइन, भित्रैबाट जिम्मेवारी लिँदा सम्भव हुन्छ,” भन्ने अनुभूति उनलाई राजनीतितर्फ आकर्षित गर्ने प्रमुख कारण बन्यो। त्यसपछि उनले आफ्नो सीप र अनुभवलाई व्यक्तिगत सफलताभन्दा माथि उठाएर सार्वजनिक जीवनमा समर्पित गर्ने निर्णय गरे।

राजनीति महत्वाकांक्षा होइन उत्तरदायित्व

सुरज पाण्डे उज्यालो नेपाल पार्टीसँग आबद्ध छन्। विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्ने पार्टीको दृष्टिकोणसँग उनी आफूलाई नजिक पाउँछन्।

उनका लागि राजनीति कुनै व्यक्तिगत रहर होइन, यो जिम्मेवारीको विस्तार हो। अहिले उनी रुपन्देहीका टोल-टोलमा पुगेर युवादेखि व्यवसायी र सर्वसाधारणसम्मसँग संवादमा छन्। उनको उम्मेदवारी केवल व्यक्तिको प्रतिस्पर्धा होइन, ‘उज्यालो र व्यवस्थित रुपन्देही’ निर्माणको अभियानका रूपमा प्रस्तुत भइरहेको छ।

‘आठ संकल्प’ : विकासको स्पष्ट रोडम्याप

रुपन्देहीको दीगो विकासका लागि पाण्डेले ‘आठ संकल्प’ सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै उनले अघि सारेका योजनाहरू यस्ता छन्—

ग्रिन कोरिडोर निर्माण
उच्च क्षमताको विद्युत् व्यापार प्रणाली
सिद्धबाबा सुरुङ मार्ग
स्पिनिङ मिल स्थापना
कालिकागण्डकी बहुउद्देश्यीय योजना
बुटवल-पोखरा फास्ट ट्र्याक
बुटवल-गोरुसिंगे चारलेन सडक
औद्योगिक हब तथा वैज्ञानिक वन र खनिज व्यवस्थापन

यी योजनामार्फत रोजगारी सिर्जना, औद्योगिक विस्तार र दीगो आर्थिक विकासलाई गति दिने उनको लक्ष्य छ।

नयाँ पुस्ताको हस्तक्षेप
ऊर्जा, उद्योग र प्रविधिको अनुभव बोकेका सुरज पाण्डे अहिले राजनीतिक मैदानमा उभिएका छन्। उनी आफूलाई केवल उम्मेदवारका रूपमा होइन, परिणाममुखी सोच र प्राविधिक दृष्टिकोणसहितको नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गर्न चाहन्छन्।

बुटवलका गल्लीबाट सुरु भएको उनको यात्रा अन्तर्राष्ट्रिय अनुभव हुँदै पुनः आफ्नै माटोमा फर्किएको छ। अब उनको लक्ष्य स्पष्ट छ-रुपन्देहीलाई उज्यालो, समृद्ध र अवसरयुक्त बनाउने।

उनको उम्मेदवारीले रुपन्देहीको राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप मात्र होइन, विकास र व्यवस्थापनको नयाँ विमर्शको संकेत पनि दिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : ४६ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक