५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

अतिवाद र आचारसंहिता उल्लङ्घनप्रति नेकपा असन्तुष्ट, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई उच्च जिम्मेवारी प्रदर्शन गर्न आह्वान गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान राजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै सबैपक्षलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् । उनले भने, ‘देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न, राष्ट्रिय एकता सुदृढ गर्न तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग लगायत सबै पक्षलाई उच्च इमानदारी र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न आह्वान गछौं ।’

पत्रकार सम्मेलनमा विपरित प्रेस विज्ञप्तिमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाप्रति पनि पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चारमाध्यमले भ्रामक र गलत सूचना फैलाएको आरोप लगाउँदै पत्रकारिताको मूल्य, मर्यादा र नैतिकता पालना गर्न आग्रह गरेको छ। साथै नेपाल प्रेस काउन्सिललाई आचारसंहिताको निष्पक्ष अनुगमन गर्न अपिल गरिएको छ।

जारी वक्तव्यमा पार्टीले देश निर्णायक निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको उल्लेख गर्दै नवयुवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आफूहरूले जिम्मेवार भूमिका खेलेको दाबी गरेको छ। निर्वाचनको विरोध भइरहेका बेला समेत तोकिएको समयमै निर्वाचन हुनुपर्छ भन्ने अडान लिएको र अहिले त्यो निर्णय सही सावित भएको पार्टीको भनाइ छ।

वक्तव्यमा पार्टीले आफ्नो संघर्षपूर्ण इतिहास, स्पष्ट विचार, ठोस कार्ययोजना तथा विगतका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धताका कारण जनतामाझ विश्वास बढिरहेको उल्लेख गरेको छ। संविधान जारी भएपछि शासकीय सुधार, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता एजेन्डा अहिले साझा राष्ट्रिय मुद्दा बनेको पनि पार्टीले जनाएको छ।

पार्टीले देश यतिबेला दुई प्रकारका अतिवादको चुनौतीमा रहेको टिप्पणी गरेको छ। एकातिर अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ लोकतन्त्रका आधारस्तम्भ मानिने संस्थामाथि आक्रमण तथा आगजनी गर्ने प्रवृत्तिलाई पार्टीले गम्भीर खतरा भन्दै दुबैको सशक्त विरोध गरेको छ। निहत्था युवाको हत्या गर्ने र सुरक्षाकर्मी तथा नागरिकमाथि हिंसा गर्ने कार्य लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थायित्वका लागि हानिकारक रहेको उल्लेख गरिएको छ।

निर्वाचन आयोगको भूमिकाबारे पनि पार्टीले स्पष्ट धारणा राख्दै स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न प्रभावकारी निर्णय, कडा निगरानी र आचारसंहिता कार्यान्वयन आवश्यक रहेको उल्लेख गरेको छ। आयोगमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै जनविश्वास कायम राख्न आग्रह गरिएको छ।

पार्टीले आफ्नो प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै सबै राजनीतिक दलहरूको विगत, विचारधारा र आगामी कार्यक्रमको मूल्याङ्कन गरी विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  २ : ०९ बजे

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक

झापा-५ मा केपी ओलीद्वारा ४२ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नं. ५

तीन किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट