सप्तरी । सप्तरीमा एक जना निर्वाचन प्रहरीले नै एमालेको चुनाव चिन्हअंकित झण्डा जनाएका छन् । झण्डा जलाएको आरोपमा ति निर्वाचन प्रहरी पक्राउ परेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ अन्तर्गत महदेवा गाउँपालिका–५, भगवतपुर चोकमा नेकपा एमालेको चुनावी प्रचारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २५ वर्षीय हरिनारायण मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।


















प्रतिक्रिया