३० श्रावण २०८३, शनिबार | August 15, 2026

३ महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता



काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा ६१४ जना नेपाली नागरिकले नागरिकता त्यागेका छन् ।

गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार नेपालका बिभिन्न जिल्लाहरुबाट ६१४ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् । जस अन्तर्यत १८० जनाको नागरिकता रद्द भएको छ भने २४ जनाको बदर भएको छ । त्यसैगरि ६ जनाको पुनः नागरिकता कायम भएको छ ।

मन्त्रालयका अनुसार नागरिकता त्याग गर्नेहरुमा विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिने प्रक्रियामा रहेकाहरु रहेका छन् ।

अमेरिका, क्यानडा, युरोप जस्ता देशहरूमा बस्न र त्यहाँको नागरिकतारसुविधा लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नुपर्ने ब्यवस्था अनुसार नेपालीहरुले नागरिकता त्याग गरेको तथ्यांकले देखाएको छ । विदेशी नागरिकसँग विवाह गरी विदेशमा बस्नेहरूले पनि आफ्नो देशको नागरिकता त्याग्ने गर्छन् ।

नेपालको कानुनले दोहोरो नागरिकताको मान्यता नदिने भएकाले विदेशी नागरिकता लिने प्रक्रियामा नेपाली नागरिकता त्याग्नु अनिवार्य हुन्छ ।

तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ । वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ । २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ३१ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर