३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

मध्यपूर्वको मिसाइल आक्रमणले चिन्तित बने ओली, ‘नेपालीको सुरक्षाले निद्रा हरायो’



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरूमा भइरहेको मिसाइल आक्रमण र त्यसबाट उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ती देशहरूमा ठूलो संख्यामा नेपाली नागरिक रहेका कारण आफूलाई रातभर निद्रा नलागेको उनले बताएका छन् ।

अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमणस्वरूप अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको थियो । उक्त घटनापछि कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, कुवेत तथा इजरायललगायतका देशहरूमा त्रासको वातावरण सिर्जना भएको छ ।

सोही घटनालाई लिएर अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, “मध्यपूर्वका देशहरूको आकाशमा बर्सिएका मिसाइलको धुवाँले आज निद्रा परेको छैन । ती देशहरूमा लाखौं नेपाली आपत र त्रासको अवस्थामा छन्, यहाँ उनीहरूका परिवार पनि चिन्तामा छन् ।”

उनले नेपाली नागरिकको अवस्थाप्रति आफू बेचैन रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सजगता, धैर्य र विवेक आवश्यक रहेको बताएका छन् । “आज तपाईंहरू छट्पटाइरहँदा म निदाउन सकिनँ, बेचैन छु। यसबेला हामी सबैले धैर्य र साहस कायम राख्नुपर्छ,” उनले उल्लेख गरेका छन् ।

मध्यपूर्वका मुलुकहरू भूराजनीतिक द्वन्द्वको चपेटामा परेको उल्लेख गर्दै ओलीले ती देशहरू युद्ध चाहँदैनथे, तर शक्तिराष्ट्रहरूको स्वार्थका कारण द्वन्द्वको अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । साथै, नेपालमा यस्तो अवस्था नआओस् भन्ने कामना समेत उनले व्यक्त गरेका छन् ।

ओलीले मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपाली नागरिकलाई सुरक्षित र सजग रहन आग्रह गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षाका लागि आवश्यक कदम तत्काल चाल्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ४२ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय