५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या



सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय ४५ वर्षीय वीरबहादुर राईले आफ्नै घरमा ४६ वर्षीया श्रीमती रिता राईमाथि बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । घटनाबारे जानकारी हुनासाथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको नेतृत्वको टोलीले वीरबहादुरलाई पक्राउ गरेको हो ।

हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको नेतृत्वमा टोली खटिएको छ । घटनास्थल प्रहरी चौकी हरिहरपुरगढीबाट करिब ४ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ३१ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय