३० भदौ २०८३, मंगलबार | September 15, 2026

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा



गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका अध्यक्ष दीपेन्द्र भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले गुल्मी-२ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार गोकर्ण विष्टलाई मदाने क्षेत्रबाट अपेक्षाकृत मत दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै निर्वाचन परिणामको नैतिक जिम्मेवारी स्वीकार गरेका छन् । उनले फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका गोकर्ण विष्ट उपविजेता बनेको उल्लेख गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “प्रिय मदानेवासी युवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई अभिवादन। फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा गुल्मी-२ बाट नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्ट उपविजेता बन्नुभएको छ । उहाँलाई सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

आफू मदाने गाउँपालिकामा युवा संघको अध्यक्षको जिम्मेवारीमा रहेकाले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेको उनले बताएका छन् ।

भट्टराईले पार्टीको राष्ट्रिय नेतृत्वदेखि जिल्ला हुँदै पालिका कमिटीसम्मका नेतृत्वले पनि नैतिकता देखाउँदै आवश्यक निर्णय लिनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : ०८ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा