२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

"नेपाल-भारत सम्बन्ध आगामी दिनमा अझ उचाईमा पुग्छ "



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको परिणाम लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समामार्फत मोदीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मोदीले नजिकको मित्र र छिमेकी राष्ट्रका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल र भारतबीचको मित्रता, सहकार्य र पारस्परिक हितलाई आगामी दिनमा अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

उनले नेपालमा हालै सम्पन्न निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

मोदीले नेपालका जनता र सरकारलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा हार्दिक बधाई व्यक्त गरेका हुन्। उनले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा आफूलाई अत्यन्त हर्ष लागेको उल्लेख गरेका छन्।

मोदीले नजिकको मित्र र छिमेकी राष्ट्रका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि सहकार्यलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल र भारतबीचको मित्रता, सहकार्य र पारस्परिक हितलाई आगामी दिनमा अझ नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ५ : १३ बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको