३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी



काठमाडौं । सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल विजयी भएका छन्।

दुलालले २१ हजार ३२० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बंशलाल तामाङले १८ हजार ५२० मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच २ हजार ७३० मतको अन्तर रहेको छ।

उक्त निर्वाचन क्षेत्रमा कुल १८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ३९५ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठले १३ हजार ७३० मत ल्याएका छन्।

क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली विजयी भएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटालाई पराजित गर्दै जीत हात पारेका हुन्।
पराजुलीले २४ हजार ४१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी माधव सापकोटाले १७ हजार ३२७ मत पाएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : ४६ बजे

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं । पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट