२९ भदौ २०८३, सोमबार | September 15, 2026

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु



गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएको र उनी घर फर्केपछि दीपजन डुबेकोबारे स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी सारुले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ४२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ