३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम



काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम अन्ततः टुंगो लगाएको छ।

धेरै आकांक्षीहरुले दाबी गरेपछि बढेको आन्तरिक विवादबीच पार्टीले चार जनाको नाम टुंगो लगाएको हो । जसअनुसार आदिवासी महिलातर्फ मन्दिरा मोक्तान, खस–आर्य महिलातर्फ अम्बिका संग्रौला, दलित कोटामा सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्ण लिम्बु रहेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरी थ्रेसहोल्ड कटाउने वित्तिकै पार्टीमा को समानुपातिक सूचीमा पर्ने भन्नेमा विवाद बढेको थियो । विवाद बढ्दै जाँदा अध्यक्ष हर्क साम्पाङले अनावश्यक दाबी गर्नेलाई पार्टीबाटै निस्काशन गर्ने चेतावनी दिएका थिए ।

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ४ : ०० बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम