१४ असार २०८३, आइतबार | June 28, 2026

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन



झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उनका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।

चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा रु चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा रु २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा रु छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा रु १० करोड ९६ लाख राजस्व सङ्कलन भएको छ ।

यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा रु एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा रु चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा रु १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले चालु आव २०८२/०८३ का लागि कूल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ७ : ४४ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट