१० भदौ २०८३, बुधबार | August 27, 2026

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक



काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि पुनः सुरु गर्न थालेको छ ।

देउवा समुहले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सो बैठकमा यसअघि कारवाहीमा परेका गगन थापा र विश्वप्रकाश शर्मालाई भने बोलाइएन ।

पार्टीमा दुई वटा केन्द्रीय कमिटीका गतिविधि देखिन थालेपछि कांग्रेसभित्रको विवाद पुनः सतहमा आएको छ । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सानेपामा चलिरहेको छ । यही बेला देउवा पक्षले छुट्टै भेला आयोजना गरेको हो।

बैठकमा सहभागी नेता मिन विश्वकर्माका अनुसार कांग्रेस नेतृत्वसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म समानान्तर गतिविधि जारी राखिने निर्णय गरिएको छ।

यस्तै, केन्द्रीय समितिको बैठक बोलाउने मिति तय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको विश्वकर्माले जानकारी दिए। खड्काले पार्टीका नेताहरुसँग परामर्श गरेर बैठकको मिति तय गर्ने बताइएको छ।

 

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ३ : २६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट