२१ भदौ २०८३, आइतबार | September 6, 2026

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या



दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ दोघर्रेका स्थानीय ३४ वर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गरि २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोपालको धारिलो हतियारबाट उनकै श्रीमती कमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

विहीबार साँझ अन्दाजी साढे ७ बजेको समयमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो, तर अस्पताल पुर्याए लगत्तै चिकित्सकले कमलालाई मृत घोषणा गरेका थिए ।

श्रीमान गोपाललाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १० : ५९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त