५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या



दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ दोघर्रेका स्थानीय ३४ वर्षीय गोपाल वलीले धारिलो हतियार प्रहार गरि २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोपालको धारिलो हतियारबाट उनकै श्रीमती कमलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

विहीबार साँझ अन्दाजी साढे ७ बजेको समयमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो, तर अस्पताल पुर्याए लगत्तै चिकित्सकले कमलालाई मृत घोषणा गरेका थिए ।

श्रीमान गोपाललाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १० : ५९ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय