२१ भदौ २०८३, आइतबार | September 6, 2026

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ



काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-२६ ठमेल नरसिंह चोकस्थित सिटी हेभन होटलबाट लागुऔषध खैरो हेरोइनसहित सिरहा नगरपालिका-८ का २९ वर्षीय रक्कीकुमार यादवलाई पक्राउ गरिएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका-१६ नयाँ बजार फलफूल चोकबाट लागूऔषध पोलेनसहित एक जना, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट खैरो हेरोइनसहित एक जना, गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना, लहान नगरपालिका-३ बाट एक जना र तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीबाट दुई जनालाई पक्राउ गरिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-६ बागमाराबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, धरान उपमहानगरपालिका-१६ पानीट्याङ्कीबाट ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई तथा सोही उपमहानगरपालिका-२० विष्णुपादुका पुलबाट १७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ८ : १० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त