१९ आश्विन २०८३, सोमबार | October 5, 2026

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले दुवै निवेदनलाई छुट्टाछुट्टै इजलासमा राखेको छ। ओलीको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा तोकिएको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।

ओलीकी पत्नी राधिका शाक्यले आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन । त्यस्तै, रमेश लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले पनि सोही प्रकृतिको निवेदन दर्ता गराएकी थिइन्।

शनिबार गुन्डुबाट पक्राउ परेका ओलीलाई सोही दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको थियो। हाल उनी चिकित्सकको निगरानीमा अस्पतालमै उपचाररत रहेको बताइएको छ।
यस्तै लेखकलाई प्रहरीको दुई नम्वर गणमा राखिएको छ । दुवै जनालाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि पाँच दिनको समय दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ११ : ५८ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यक्रम सार्वजनिक, असोज २६ मा मतदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित