३१ श्रावण २०८३, आइतबार | August 16, 2026

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन



काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सोमबार पनि राजधानीमा प्रदर्शन गरेको छ।

पार्टीको उपत्यका प्रदेश कमिटीको आयोजनामा निकालिएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर बबरमहल हुँदै बानेश्वरतर्फ अघि बढेको छ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले ‘प्रतिशोधको राजनीति बन्द गर’, ‘अध्यक्षलाई तत्काल रिहा गर’ लगायतका नारा लगाएका छन्।

उक्त प्रदर्शनमा एमालेका केन्द्रीय तहका पदाधिकारी तथा नेताहरूको समेत उपस्थिति रहेको छ।

एमालेले अध्यक्ष ओली पक्राउ परेपछि शनिबारदेखि नै निरन्तर विरोध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ५६ बजे

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।