९ कार्तिक २०८३, सोमबार | October 26, 2026

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु



बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा सोमवारबाट बुटवल देविनगरस्थित टेनिस कोर्टमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु भएको हो ।

सोमबार भएको उद्घाटन खेलमा ५५ प्लस सिगलमा मनोज राणाले विष्णु चापागाईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन । यसैगरि ५५ प्लसमा नै मछिन्द्र थापाले पदम गुरुङलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेका छन । ५५ प्लसकै अर्को खेलमा पदम गुरुङले गोपाल ज्ञवालीलाई ६–३, ३–६, १०–२ को सेटमा पराजित गरेका छन ।

यसैगरि मेन्स सिगलमा बिबेक गर्बुजा वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि नेहाल जेबी थापाले बिष्णु दिओलाई ६–०, ६–० को सेट, प्रनव खनालले बिबेक कुवरलाई ६–०, ६–० को सेट, आयुषमान एच घलेले सश्वात बज्राचार्यलाई ६–३, ६–३ को सेट तथा प्रनव मानन्धरले दर्शिल श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि मेन्स डबल्सतर्फ सश्वात बज्राचार्य र दर्शिल श्रेष्ठको जोडीले सन्दिप बिक र बिबेक गुरुङको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लस डबल्समा नबिन श्रेष्ठ र राज गुरुङको जोडीले जितेन्द्र एम र रोशन पि को जोडीलाई ६–०, ६–० को सेटमा पराजित गरेका छन ।

यसैगरि ४५ प्लसमा पुकार बस्नेतले प्रकाश बस्नेतलाई ७–५, ६–३ को सेटमा पराजित गरेका छन । यसैगरि मनोज ढुगानाले वाक ओभर पाएका छन । यसैगरि अर्जुन गुरुङले मनोज नेपाललाई २–६, ६–१, १०–७ को सेट, राजन पौडेलले रामु बिकलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लसमा मदन थापाले सागर थापालाई ६–०, ६–३ को सेट, अनिल सेन्चुरीले दिपक पौडेललाई ६–१, ६–१, कमल भण्डारीले कुमार तामाङलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसअघि प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै सरोकारवालाहरुको अगुवाईकै कारण नगर खेल पूर्वाधारमा अघि बढेको बताए । खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारको प्रतिवद्धता जनाउदै उनले खेल क्षेत्रमा गरिएको लगानीको परिणाम देखिनुपर्ने बताए । खेल क्षेत्रको संवद्र्धन र संरक्षणका लागि खेल संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताउदै संघहरुमा देखिने विवाद र बैमनश्यताबाट खेल क्षेत्र धाराशाही हुने उनले बताए । बुटवल क्षेत्रमा खेलग्राम निमार्णको थालनी अब छिटै गर्ने जनाउदै त्यसका लागि ठाउ छनौटको काम अगाडी बढेको समेत उनले बताए ।

कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले नेपालमा लन टेनिस खेलको विकासका लागि ग्रासरुटबाट युवा खेलाडीको उत्पादनमा जोड दिनुपर्ने बताए । उनले यस खेलमा नया खेलाडीको कमी देखिएको अवस्था प्रति गम्भिर बन्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा संघका अध्यक्ष विष्णु प्रसाद चापागाईले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रमा लन टेनिस खेलको विकास प्रबद्र्धन तथा नयाँ युवा खेलाडीहरुका लागि रुचि बढाउने बातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । सो अवसरमा नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणाले रुपन्देही लन टेनिस संघलाई एक कार्टुन बल हस्तान्तरण गरे ।

बुटवल देविनगरस्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष तथा महिला एकल र डबलमा १ सयभन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिष्पर्धा गराईने संघका कोषाध्यक्ष डा. प्रकाश बस्नेतले बताए । एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा रहने छ भने डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा रहेका छन् । प्रतियोगितामा पुरुष÷महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संघका सचिव मनोज नेपालले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगिताको सातौं संस्करणको पुरुष एकलतर्फको विजेता पोखराका प्रदीप खड्का भएका थिए भने महिला एकलतर्फको विजेता काठमाडौंकी सुनीरा थापा भएकी थिइन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ०४ बजे

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना

आजदेखि एनपीएलको तेस्रो संस्करण, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाली क्रिकेटको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,