६ श्रावण २०८३, बुधबार | July 22, 2026

पत्रकार महासंघको स्थापना दिवसमा फुटसल कर्पोरेटको उपाधिका लागि एनआईईएफ र ईन्जिनियर्स भिड्ने



बुटवल । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले फुटसल प्रतियोगिता आयोजना गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा दोस्रो एफएनजे मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता २०८२ गरिएको हो ।

कर्पोरेट कपको फाईनलमा एनआईईएफ र नेपाल ईन्जिनियर्स एशोसियसन प्रवेश गरेका छन । सोमबार कर्पोरेट कप तर्फ भएको पहिलो सेमीफाईनलमा एनआईईएफले चार्टर एकाउन्टेन्ट एशोसियसनलाई ८–२ तथा दोस्रो सेमीफाईनलमा नेपाल ईन्जिनियर्स एशोसियसनले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीलाई ७–० गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्दै खेलबाट भातृत्वको विकास हुने गरि महत्वपूर्ण प्रतियोगिता आयोजना भएको बताईन । खेल मानव स्वस्थ्य र भातृत्व विकासमा सहयोग सिद्ध हुने उनको दाबी छ ।

कार्यक्रममा महासंघका अध्यक्ष दिनेश पाण्डेले खेलमार्फत भातृत्व विकासको उदेश्यसहित रुपन्देही जिल्लामा रहेको संघसंस्थाहरु बिचमा प्रतियोगिता आयोजना गरिएको बताए । विगतबाट भएको राम्रा अभ्यासलाई निरन्तरता स्वरुप कार्यक्रम गरिएको उनको दाबी छ ।

प्रतियोगिता अन्तरगत कर्पोरेटतर्फ रुपन्देही जिल्लाका दुई दर्जन संघसंस्थाहरुले भाग लिएका छन । भने मिडिया कपमा आधा दर्जन टिमहरुले प्रतिस्प्रर्धा गरेका छन । कर्पोरेट कपको विजेता टिमले नगद ३० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार रुपैयाबाट पुरस्कृत गरिने खेल संयोजक सुमन श्रेष्ठले बताए । यसैगरि मिडिया कपको विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

प्रतियोगिता अन्तरगत मिडिया कपका खेलहरु मंगलबार बिहानबाट शुरु हुने महासंघका सचिव सिपि खनालले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ३४ बजे

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।