१० मंसिर २०८३, बिहिबार | November 26, 2026

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ सञ्चालन गरिने भएको छ । स्थानीय पुष्पलाल चोक नजिक ‘सुशिल कोइराला स्मृति गेट’ देखी पश्चिम वाटरपार्कसम्मको क्षेत्रमा पहिलो पटक स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन गर्न लागिएको हो ।

होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके(हान) को संयुक्त आयोजनामा फेस्टिभल गर्ने तयारी भइरहेको आयोजकहरुले जनाएका छन् । मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन गर्दै आगामी बैशाख ११ देखी १३ गतेसम्म फेस्टिभल सञ्चालन गरिने जानकारी दिइयो ।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा पर्यटन, धार्मिक स्थलको प्रचार(प्रसार तथा प्रर्वद्धन, स्थानीय परिकारको पहिचान, होटल व्यवसायको विकास, छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भित्राउने, तारे होटलका खानालाई एकै ठाउँबाट प्रर्वद्धन गरी यहाँको ब्यापारलाई चलायमान गराउने विश्वास लिइएको छ ।

पत्रकार सम्मेलनमा होटल संघ नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनालले स्थानीय परिकार, सँस्कृती तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको बताए । उनले पर्यटन बोर्डको तथ्यांकमा नेपालगन्जमा हुन लागेको फेस्टिभलको प्रकृति नेपाल मै पहिलो भएको दाबी गरे । उनले फेस्टिभलले सामाजिक सेवा तथा आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखी गुणस्तरिय सेवा र सुविधा प्रदान गर्ने, लोक सँस्कृति, कलाको विकास र उत्थानमा क्रियाशिल पर्यटन व्यवसायको अभिवृद्धि गर्ने उद्देश्य राखिएको पनि जनाए । फेस्टिभलमा लुम्बिनी प्रदेशका बिभिन्न जाती, धर्म र सम्प्रदायको परम्परागत परिकारहरु उपलब्ध हुन्छन्, उनले भने, नेपालगन्जको रैथाने परिकारलाई विशेष प्राथमिकता दिइने छ ।

होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेलले फेस्टिभलमा स्थानीय स्वादिष्ट स्ट्रीट फुड, परम्परागत तथा आधुनिक खानाका परिकार र पेय पदार्थका साथै स्थानीय कला, सँस्कृति र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी दिए ।कंडेलले फेस्टिभलमा सहभागी आगन्तुकहरुले विभिन्न प्रकारका खानाका स्टलहरु, लाईभ म्युजिक साँस्कृतिक प्रस्तुती र अफरहरुको अनुभव लिन सक्ने बताए । स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै नेपालगन्जलाई फुड डेस्टिनेशनका रुपमा चिनाउने फेष्टिभलको मुख्य उद्देश्य रहेको उनले बताए ।

फेस्टिभलमार्फत स्थानीय व्यवसायीको आर्थिक गतिविधि बढ्ने, उपभोक्ताहरुले गुणस्तरीय सेवा प्राप्त गर्ने तथा नेपालगन्जलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेका छन् ।कार्यक्रमलाई सभ्य, भव्य तथा व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि २ सय ५१ सदस्यीय मुल समिति तथा विभिन्न १७ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : ५१ बजे

Your email address will not be published.

नवलपुरमा पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ घाइते

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-११ बाहुनीकुनास्थित पूर्व-पश्चिम राजमार्गमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित

नेपाल-भारत सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका-२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

म्याग्दी । चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको