१ भदौ २०८३, सोमबार | August 18, 2026

संसद सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयको महासचिवको कार्यकक्षमा बस्ने तय भएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन बाट छ दल प्रतिनिधिसभामा पुगेका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

रामचन्द्र पौडेलले बिहीबारका लागि संसद्को अधिवेशन आह्वान गरेसँगै त्यसको तयारीस्वरूप सर्वदलीय बैठक बस्न लागेको हो । राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी आह्वान गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : २९ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार