काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।
मंगलबार बसेको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम पूरा नभएकाले आज दिउँसो १ बजे पुनः बैठक बोलाइए हो । बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइरालापक्षीय ११३ जना नेताहरु सहभागी रहेको बताइएको छ । सो बैठकको अध्यक्षता तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न निर्वाचनको समीक्षालगायत विषयमा छलफल भइरहेको छ ।


















प्रतिक्रिया