५ श्रावण २०८३, मंगलबार | July 22, 2026

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको युद्ध दुईदेखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बताएका थिए। उनले इरानले अमेरिकाले प्रस्ताव गरेको योजना स्वीकार नगरेमा युद्ध जारी रहने चेतावनीसमेत दिएका थिए।

ट्रम्पका अनुसार यदि इरानले प्रस्ताव अस्वीकार गर्‍यो भने अमेरिकाले नयाँ चरणका अत्यन्त विनाशकारी हवाई आक्रमण सुरु गर्नेछ, जसमा नागरिक ऊर्जा पूर्वाधारहरू पनि निशानामा पर्न सक्ने संकेत गरिएको थियो।

तर त्यसको दुई दिनपछि वाशिङ्टन र अमेरिकाभरि अहिले मुख्य चर्चा अमेरिकी सेनाले इरानको भूमिमा दुईवटा सैन्य विमान गुमाएको विषयमा केन्द्रित भएको छ। अमेरिकी वायुसेनाको एफ-१५ई लडाकु विमान र ए-१० वारथोग समर्थन विमान इरानमा खसेको बताइएको छ।

सबैभन्दा चिन्ताको विषय भने एफ-१५ई विमानका एक चालक दल सदस्य अझै बेपत्ता हुनु हो। बेलायती पत्रिका टेलिग्राफका अनुसार ती बेपत्ता सैनिकलाई खोज्न अमेरिकी विशेष फौज इरानभित्र प्रवेश गरिसकेको छ।

यस घटनाले अमेरिकी जनतालाई यो युद्ध टाढाको मात्रै संघर्ष नभई प्रत्यक्ष रूपमा अमेरिकी सेनालाई असर गर्ने परिस्थिति भएको महसुस गराएको विश्लेषण गरिएको छ। पश्चिमएशिया (अमेरिकीहरु मध्यपूर्व भन्छन्)मा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ भइसकेका छन्।

यसबीच दक्षिण-पश्चिम इरानमा खसेको एफ-१५ विमानका भग्नावशेषका तस्वीरहरू सार्वजनिक भएका छन्। स्थानीय बासिन्दाहरू घटनास्थलमा पुगेका र विमानका उपकरणहरू फेला पार्ने प्रयास गरिरहेका दृश्यहरू पनि देखिएका छन्। साथै बेपत्ता चालक दल सदस्यबारे पनि व्यापक चर्चा भइरहेको छ।

ट्रम्प प्रशासन यसअघि नै इरानसँगको युद्ध अमेरिकी जनतामाझ निकै अलोकप्रिय बनेको अवस्थासँग जुधिरहेको छ। विभिन्न जनमत सर्वेक्षणहरूमा तीनमध्ये दुई अमेरिकीले यो युद्ध चाँडै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

अब भने प्रशासनले करिब ३६ दिनअघि पर्याप्त सार्वजनिक बहसबिना सुरु गरिएको युद्धका लागि अमेरिकी सैनिकलाई जोखिममा किन राखिएको हो भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था आएको छ।

अलजजिराबाट

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  १० : ४७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं