५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ



नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १४१ ग्राम बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज-१६ जयसपुरका सोनु जोलाह, ईरफान जोलाह, मन्ना जोलाह र नेपालगन्ज १८ का सुमेर शेष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई नेपालगन्ज-१ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो । चेकजाँचका क्रममा पक्राउ परेकाहरुको साथबाट १४१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ५२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे