२० भदौ २०८३, शनिबार | September 6, 2026

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ



नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १४१ ग्राम बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज-१६ जयसपुरका सोनु जोलाह, ईरफान जोलाह, मन्ना जोलाह र नेपालगन्ज १८ का सुमेर शेष रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई नेपालगन्ज-१ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो । चेकजाँचका क्रममा पक्राउ परेकाहरुको साथबाट १४१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ५२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा