२० भदौ २०८३, शनिबार | September 6, 2026

स्थानीयसँगको सहमतिपछि बुटवलको फोहोर उठ्न थाल्यो



बुटवल । केही दिनदेखि अवरुद्ध रहेको फोहोर व्यवस्थापन कार्य बुटवलमा पुनः सुरु गरिएको छ । स्थानीयको अवरोधका कारण रोकिएको फोहोर संकलन आइतबार बिहान जनप्रतिनिधिसहितको टोलीले स्थानीयसँग छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि पुनः सञ्चालनमा आएको हो ।

बिहान करिब ८ बजेदेखि एकैसाथ करिब २५ वटा फोहोर बोक्ने गाडी सिरान गाउँ मजुवा पुगेका थिए ।

फोहोर व्यवस्थापन पुनः सुरु गर्न बुटवल उपमहानगरपालिका का जनप्रतिनिधि तथा सरोकारवाला निकाय सक्रिय भएका थिए । सो क्रममा वडाध्यक्षहरू नरिश्वर शर्मा, हरिप्रसाद श्रेष्ठ, रामचन्द्र क्षेत्री, लोकनाथ न्यौपाने, वडा सदस्यहरू, महाशाखा प्रमुख तुलसा अर्याल तथा नगर प्रहरी र नेपाल प्रहरीको टोली स्थलमै पुगेको थियो ।

वडाध्यक्ष नरिश्वर शर्माका अनुसार प्रभावित क्षेत्रको विकासका लागि छुट्याइएको बजेट सम्बन्धित ठाउँमै खर्च नभएको गुनासोपछि अब सो बजेट सोही क्षेत्रमा प्रयोग गर्ने सहमति गरिएको छ । केही व्यक्तिका कारण बजेट कार्यान्वयनमा समस्या आएको भन्दै अब पारदर्शी रूपमा खर्च गर्ने प्रतिबद्धता जनाइएको उनले बताए ।

त्यस्तै वडाध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयका माग सम्बोधन गर्ने सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको जानकारी दिए ।

हाल बुटवलमा दैनिक करिब ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । दीर्घकालीन समाधानका लागि स्थानीय तह र समुदायबीच समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा