२० भदौ २०८३, शनिबार | September 5, 2026

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र



बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव निर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान र २०८३ सालको भित्तेपात्रो विमोचन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

कार्यक्रमसँगै समाजले प्रकाशन गरेको भित्तेपात्रो रुपन्देही तथा छत्रदेव गाउँपालिका-५ नम्बर वडा कार्यालयमार्फत छत्रगञ्जका घरघरमा वितरण गर्ने कार्यसमेत अघि बढाइएको जनाएको छ ।

कार्यक्रममा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित हरि प्रसाद भुसाल र मञ्जु ज्ञवाली भुसाललाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो । सो अवसरमा जननिर्वाचित प्रतिनिधिहरूलाई स्थानीय समस्या समेटिएको बधाईपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

बधाईपत्रमा जंगली जनावर विशेषगरी बाँदर र बदेलको आतंकका कारण खेतीबालीमा भइरहेको क्षतिप्रति स्थानीयको चिन्ता चित्रमार्फत प्रस्तुत गरिएको थियो । साथै, गाउँमा विद्यमान सडक तथा यातायात समस्यालाई समेत उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको समाजले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ८ : २३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा