६ श्रावण २०८३, बुधबार | July 22, 2026

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो



बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिम चारको टुगो लागेको छ । वर्षाको कारण बुधबार स्थगित भएको तेस्रो क्वाटरफाईनल खेल विहिबार खेलाईएको थियो ।

जुन खेलमा मोनष्टर गाईजले ट्राईबेकरमा ४-३ गोल अभिषेक चर्चलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि विहिबार नै भएको अन्तिम क्वाटरफाईनलमा आयोजक सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ५-३ गोल अन्तरले स्तब्ध पार्दै डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुर अन्तिम चारमा पुगेको छ ।

शुक्रबार हुने पहिलो सेमीफाईनलमा मोनष्टर गाईजले देवदह ब्यायज रुपन्देहीको सामना गर्ने छ भने झरनाले कपिलबस्तु ११ संग दोस्रो सेमीफाईनको भेट पक्का गरेको हो ।

सिद्धेश्वर खेलमैदानमा दियसो भएको खेलमा मोनष्टर गाईजका रोजल दाहालले खेलको १८ औ मिनेटमा खाता खोले । तर खेलको २० औ मिनेटमा पाएको कर्नर किकलाई अभिषेक चर्चका बिक्रम लामाले जाली चुमाए । खेलको २५ औ मिनेटमा मोनष्टर गाईजका आमोस रानाले डिबक्स बाहिरबाट आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । तर अभिषेक चर्चका टिम क्याप्टेन सुजित बुढाथोकीले खेलको ३० औ मिनेटमा बराबरी गोल गरे । खेलको ४६ औ मिनेटमा जेबिन लामिछानेले अभिषेक चर्चका अनुज गैरेलाई डिबक्स भित्र लडाएपछि पेनाल्टीको अवसर पायो ।

सुजित बुढाथोकीले गरेको पेनाल्टी प्रहार किपर प्रतिक सुनारले रोकेपनि रिबाउण्ड भएको बललाई सुजितले नै जाली चुमाए । केही समयको यो अग्रतालाई खेलको ५७ औ मिनेटमा मोनष्टर गाईजका अभिषेक महतोले पुनः बराबरी गरे । निखिलको पासलाई महतोले जाली चुमाए । निर्धारित समय ३-३ गोलको बराबरी भएपनि खेल ट्राईबेकरमा धकेलियो । ट्राईबेकरमा ३-१ गोलले मोनष्टर गाईज बिजयी भयो ।

यता विहिबार नै भएको अन्तिम क्वाटरफाईनलमा डिफेन्डिङ च्याम्पियन झरना स्र्पोटिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई पराजित गरेको छ । झरनाका रिजन क्षेत्रीले खेलको १९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । आयोजक सौभाग्यका अभाय योमीको खेलको ३१ औ मिनेटमा बराबरी गोल गरे । निर्धारित समयमा थप गोल हुन सकेन ।

ट्राईबेकरमा झरना विजयी भयो । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ५१ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न