५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट र ठगी मुद्दामा सजाय तोकिएर फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार राजश्व चुहावट मुद्दामा उच्च अदालत पाटनको २०८१ वैशाख १७ गतेको फैसलाअनुसार ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय तोकिएका सर्लाही ब्रह्मपुरी नगरपालिका-२ का ३१ वर्षीय प्रविण कुमार महतोलाई पक्राउ गरिएको हो । हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका उनलाई चैत २७ गते कुलेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

यस्तै, ठगी मुद्दामा उच्च अदालत पाटनको २०८२ वैशाख २ गतेको फैसलाअनुसार २५ हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय तोकिएका बाग्लुङका ५२ वर्षीय महेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ । काठमाडौंको सामाखुसीमा बस्दै आएका केसीलाई चैत २७ गते त्यहीँबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

केसी युनिटी लाइफ इन्टरनेशनल लिमिटेडका सञ्चालकसमेत रहेको प्रहरीले उल्लेख गरेको छ । दुवै अभियुक्तविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : १८ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११