६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेको खजुरामा ‘एम्टी एरिना प्रथम खजुरा गोल्डकप’ सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-४ डी-गाउँमा ‘एम्टी एरिना प्रथम खजुरा गोल्डकप’ सुरु भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको संरक्षकत्वमा खजुरामा पहिलो गोल्डकप सुरु भएको हो ।

प्रतियोगिताको आज अपरान्ह खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताए । उनले युवाहरुको उत्साहलाई साकार पार्न स्थानीय सरकारले हातेमालो गरेको बताए ।

क्लबका अध्यक्ष बालाराम खत्रीले करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फूटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँ र द्वितीयलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता बैशाख ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

उद्घाटन खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सङ्कटा स्पोर्ट्स क्लब काठमाडौंबीच प्रतिष्पर्धा भएको छ । गोर्खा ब्वाइजले संकटालाई १-० गोलले हराउँदै गोर्खा ब्वाइजले विजयी सुरुवात गरेको छ । विजयी भएसँगै गोर्खा ब्वाइजले आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको छ । गोर्खाको तर्फबाट निराजन खत्रीले खेलको १४औं मिनेटमा एक मात्र निर्णायक गोल गरेर टिमलाई जित दिलाएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ४६ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न