१ आश्विन २०८३, बिहिबार | September 17, 2026

अतिक्रमित जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयद्वारा ३५ दिने अल्टिमेटम



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो नाममा रहेका अतिक्रमित जग्गा तथा अचल सम्पत्ति फिर्ता गर्न ३५ दिनको अल्टिमेटम दिएको छ ।

शुक्रबार उक्त सूचना प्रकाशित गर्दै त्रिविले तोकिएको मितिभित्र अतिक्रमित जग्गा फिर्ता नगरे कानूनअनुसार अघि बढ्ने चेतावनी दिएको छ ।

त्रिवि कार्यकारी परिषद्को २०८२ चैत २३ गतेको निर्णयअनुसार जारी सूचनामा विश्वविद्यालयको स्वामित्वमा रहेका जग्गा तथा सम्पत्तिहरू अनधिकृत रूपमा प्रयोग वा कब्जा गरिरहेका व्यक्ति, कम्पनी तथा संघसंस्थालाई तोकिएको समयभित्र खाली गरी आधिकारिक रूपमा फिर्ता गर्न आग्रह गरिएको हो ।

सूचनामा भनिएको छ, सूचनामा भनिएको छ, ‘नेपाल सरकार लगायत दाताहरुले त्रिविको शैक्षिक उन्नयनका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोकाधिकारका लागि उपलब्ध गराएका ९प्रतिवेदनमा उल्लेख भएका वा उल्लेख नभएका० उक्त जग्गा तथा अचल सम्पत्तिहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र खाली गरीरगराई त्रिविलाई आधिकारिक रुपमा फिर्ता गर्नुरगराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि त्रिवि कार्यकारी परिषद्को मिति २०८२ चैत २३ गतेको निर्णयअनुसार यो सूचना प्रकाशन गरिएको छ । अन्यथा नियमानुसार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।ु

यसअघि गठित जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ सालको प्रतिवेदनमा करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको उल्लेख गरिएको छ। समितिले ती सम्पत्तिहरू फिर्ता लिनुका साथै अतिक्रमणमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न पनि सिफारिस गरेको थियो।

प्रतिवेदनमा विश्वविद्यालय र मातहतका निकायहरूको स्वामित्वमा रहेका सम्पत्तिहरू प्रचलित कानुन र नियमविपरीत केही पक्षहरूले कब्जा तथा प्रयोग गर्दै आएको तथ्य औंल्याइएको छ।

त्रिविको सामान्य प्रशासन महाशाखाले जारी गरेको सूचनामा नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूले शैक्षिक विकासका लागि उपलब्ध गराएका सम्पत्तिहरू ३५ दिनभित्र खाली गरी फिर्ता नगरेमा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : २१ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई