१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कांग्रेस इतर समूहको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ ।

बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित एक होटलमा बस्ने तय भएको छ । सर्वोच्च अदालतको फैसलापछि पार्टीको आधिकारिकता सम्बन्धी विषय स्पष्ट बनेसँगै खड्का समूह भावी रणनीति तय गर्न जुटेको हो ।

बैठकमा १५ औँ महाधिवेशनको तयारीमा अघि बढ्ने वा अलग बाटो रोज्ने भन्ने विषयमा मुख्य छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट देखिएको यो समूहले शनिबार खड्काको निवासमा प्रारम्भिक छलफल गरेको थियो ।

उक्त छलफलमा विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखक लगायतका नेताहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : ०४ बजे

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा