५ मंसिर २०८३, शनिबार | November 21, 2026

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक डा कोइराला

संस्थापन इतर समूहको क्रियाशील सदस्य संख्या सात लाख ८३ हजार



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन् ।

महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा कोइरालाले भने, “यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्वपूर्ण रुपमा लिएका छौँ र हामी सबै मिलेर सँगै अघि बढौँ भन्ने पनि चाहेका छौँ ।”

यही असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली कांग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई कांग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो । कांग्रेस पार्टीका पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन् । पार्टीको मङ्सिरमा हुने १५औँ महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै संयोजक डा कोइरालाले भने, “हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौँ, हामी के चाहन्छौँ भने सबै साथै हिडौँ । सबै सँगै हिडौँ ।”

उनले नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक र बलियो विचार भएको पार्टी भएको बताए । प्रजातान्त्रिक आन्दोलनको पक्षमा सदैव उभिँदै आएको पुरानो पार्टीका रुपमा स्थापित कांग्रेस अब नयाँ सोच र जोशका साथ अघि बढ्ने उहाँले स्पष्ट गरे । संयोजक डा कोइरालाले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए ।

सो अवसरमा नेपाली कांग्रेसका पूर्वप्रवक्ता एवं इतर समूहका नेता डा प्रकाशशरण महतले केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा हुने जानकारी दिए । उनका अनुसार वडा तहको अधिवेशन यही असोज १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।

पत्रकार सम्मेलन कै बीच कांग्रेसका क्रियाशील सदस्यको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई हस्तान्तरण गरिएको थियो । जसमा सात लाख ८३ हजार ८३६ सदस्य रहेको जानकारी दिइएको छ।

पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाइएको छ। यसका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : २१ बजे

Your email address will not be published.

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

काठमाडौँ । स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो

एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ, लुम्बिनीले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

ललितपुर । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा नेपालका यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका