३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा



नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ ।

सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिए । यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ ।

मूर्ति निर्माण गर्ने कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमान मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गरे । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने उनको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई जोडने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको जानकारी दिए । यसले नेपालगन्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उनले अयोध्यासँगको जोड्ने सके धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गरे । “यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ”। नगरप्रमुख विष्टले भने ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस पवित्र स्थानमा भौतिक संरचनाको विकास भएकोमा खुसी व्यक्त गर्दै त्रेता युगमा श्रीराम हनुमानजीको अनन्य भक्त भएर अधर्मको नाश गरेको बताए । “त्यस युगमा अधर्मको नास गर्न हनुमानजीले एउटा चमत्कार नै गर्नुभएको छ, त्यसैले यसको महत्व अहिले पनि वढदै गएको छ”, उनले भने ।

ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले हनुमानगढीको महिमा झन बढेको महन्त गिरीको भनाइ छ । हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरे । नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गरेको १०८ फिट अग्लो हनुमानको सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ । यस स्थानमा बर्सेनि हनुमान जयन्तीमा उत्सव हुने गर्छ ।

फोटो : सामाजिक सञ्जालबाट

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १२ : ०२ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका