१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री ओलीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार वरिष्ठ सदस्यहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा रहेका सदस्यहरुले शुक्रबार पीसीआर परीक्षण गर्दा शनिबार चार जनालाई संक्रमण पुष्टि भएको हो ।

प्रमुख राजनीतिक सल्लाहकार रिमालले शनिबार दिउँसो रिमालले ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको रिमालले जनाएका छन् ।

रिमालले आफुसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण भएको छ ।

थापाले पनि शनिबार आफुलाई संक्रमण भएको जनाउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । थापाले पनि शुक्रबार नै स्वाव परीक्षण गराएका थिए ।

यसैगरी विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ५ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र