१० असार २०८३, बुधबार | June 24, 2026

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।

संसद् अधिवेशन आह्वान गरेपछि त्यसलाई स्थगित गर्दै अध्यादेशको बाटो रोजेपछि कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविपरीत भएको टिप्पणी गरेको हो।

कांग्रेसका प्रवक्ता देवराज घिमिरेद्वारा जारी विज्ञप्तिमा संसद् चलाउन सक्ने अवस्था हुँदाहुँदै अध्यादेश ल्याउनु व्यवस्थापिकाको अधिकारमाथि कार्यपालिकाको हस्तक्षेप भएको उल्लेख गरिएको छ।

“यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,” विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सरकारले संसद्प्रति अविश्वास देखाएको आरोप लगाउँदै स्पष्ट बहुमत हुँदाहुँदै पटक–पटक अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको ठहर गरेको छ।

विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति कांग्रेसले गम्भीर असहमति जनाएको छ। पार्टीले प्रस्तावित संरचनागत परिवर्तनले निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुने, विपक्षी दलको सहभागिताबिनै नियुक्ति गर्ने सम्भावना बढ्ने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामा असर पुग्ने जनाएको छ।

यस्तै, सहकारी क्षेत्रमा सुधार आवश्यक रहे पनि सरकारले ल्याउन लागेको अध्यादेशले स्थानीय तह र सहकारी संस्थाको स्वायत्तता कमजोर बनाउने तथा नियमनको नाममा राज्यको नियन्त्रण बढाउने जोखिम रहेको कांग्रेसको भनाइ छ।

कांग्रेसले सरकारलाई लोकतान्त्रिक मूल्य, संसदीय अभ्यास र संवैधानिक मर्यादाप्रति प्रतिबद्ध रहन, संसद्को भूमिका सम्मान गर्न तथा अध्यादेशसम्बन्धी निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ४ : ५२ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको