२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल



काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर चलाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले गम्भीर प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशभरको भूमिसम्बन्धी अवस्थाको तथ्य प्रस्तुत गर्दै सरकारलाई नीतिगत संवेदनशीलता अपनाउन आग्रह गरेका छन्।

पोखरेलले सार्वजनिक गरेको तथ्यांकअनुसार भूमि आयोगमा देशभरबाट ९८ हजार ५०२ भूमिहीन सुकुम्बासी, १ लाख ८० हजार २९३ सुकुम्बासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी जम्मा १२ लाखभन्दा बढीले निवेदन दिएका छन्। यसबाहेक वास्तविक भूमिहीनको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा मात्र करिब १ लाखको हाराहारीमा सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको उल्लेख छ।

उनले संसदले विगतमा नै भूमिसम्बन्धी समस्या समाधानका लागि कानुनी व्यवस्था गरिसकेको स्मरण गराउँदै, ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीले बनाएका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने चेतावनी दिएका छन्। “यो केवल संरचना भत्काउने विषय मात्र होइन, यो पहाडबाट शहरतर्फ बसाइँ सरेका नागरिकहरूको जीवन, रोजगारी र अस्तित्वसँग जोडिएको प्रश्न हो,” पोखरेलले लेखेका छन्।

पोखरेलका अनुसार यदि लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति कार्यान्वयन गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहन्छ। यसले देशको अर्थतन्त्र र सामाजिक स्थायित्वमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ। साथै, यस्तो कदम संसदले बनाएको कानुनको मर्मविपरीत हुन सक्ने उनले औंल्याएका छन्।

काठमाडौं महानगरपालिका र भूमि आयोगबीच सहकार्यको सहमति भए पनि पूर्ण तथ्यांकको अभावमा समस्या झन् जटिल बन्दै गएको पोखरेलको टिप्पणी छ।

उनले अन्त्यमा यस्तो संवेदनशील विषयमा निर्णय लिनुअघि विद्यमान कानुन, तथ्यांक र जनजीवनको यथार्थलाई गहिरो रूपमा अध्ययन गर्न सरकार र महानगर नेतृत्वलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ११ : १३ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी