१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई विभिन्न राष्ट्रिय विषयमा खुल्ला प्रश्न गरेका छन्।

साम्पाङले सार्वजनिक गरेको खुल्ला पत्रमार्फत सरकारको कार्यशैली, सीमा सुरक्षा, आर्थिक नीति र सुशासनबारे गम्भीर प्रश्न उठाएका हुन्।

खुल्ला पत्रमा उनले विशेषगरी नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। भारतले कैलाश–मानसरोवर जाने बाटो निर्माण गर्दा नेपालको भूमि प्रयोग भएको विषयमा सरकार किन मौन बसेको भन्दै उनले कूटनीतिक पहल र स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। उनले चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघ सम्मिलित बहुपक्षीय वार्तामार्फत सीमा समस्याको समाधान खोज्नुपर्ने सुझाव पनि दिएका छन्।

साम्पाङले सीमा क्षेत्रमा पर्याप्त सुरक्षा उपस्थिति नहुँदा अतिक्रमणको जोखिम बढेको उल्लेख गर्दै सेना परिचालनमा समेत ध्यान दिन आग्रह गरेका छन्। “सीमा सुरक्षा व्यक्तिगत पहलले होइन, संस्थागत ढंगले हुनुपर्छ,” भन्ने उनको जोड छ।

त्यस्तै, उनले देशभित्रका सुकुम्बासी बस्ती, विपद् व्यवस्थापन र पूर्वाधार विकासमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्ने बताएका छन्। देशका विभिन्न स्थानमा खोलामा डोजर लगाएर गरिएका हस्तक्षेपप्रति संकेत गर्दै उनले दीर्घकालीन समाधानभन्दा अस्थायी उपायमा सरकार अल्झिएको आरोप लगाएका छन्।

आर्थिक व्यवस्थापनतर्फ संकेत गर्दै साम्पाङले वैदेशिक ऋणको उपयोग, बजेट निर्माण प्रक्रिया र जनताका वास्तविक आवश्यकतामा केन्द्रित नीति ल्याउनुपर्ने बताएका छन्। “बजेट जनताको समस्या समाधानका लागि हो कि सत्ताको सुविधा लागिरु” भन्ने प्रश्न उनले उठाएका छन्।

उनले सरकारलाई नियमित रूपमा जनतालाई जानकारी दिन, पत्रकार सम्मेलनमार्फत जवाफदेही बन्न र स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। अन्यथा आफूले निरन्तर प्रश्न उठाइरहने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १० : १२ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ