१० भदौ २०८३, बुधबार | August 26, 2026

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै



काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझावसमेत सङ्कलन गरिने जानकारी दिए । यही वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्वउच्चपदस्थ अधिकारी, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : ११ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार