११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोनाको हाइप्रोफाइल अट्याक : प्रधानमन्त्रीका सल्लाहकारपछि सर्वोच्चका न्यायाधीस संक्रमित



काठमाडौं । कोरोना भाइरसको हाइप्रोफाइल आतंक बालुवाटारपछि सर्वोच्च अदालतमा प्रवेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश र केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ।

सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए ।

प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’

न्यायाधीसलाई नै कोरोना संक्रमण थप फैलिन नदिन सर्वोच्च अदालतमा आइतबार एकल इजलास मात्रै गठन भएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन् ।

आज न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा रहेको देवेन्द्र दाहालले जानकारी दिए । सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने बताए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार, एक निजी सचिव, अर्का सचिवालय सदस्य र ६६ जना सुरक्षाकर्मीसहित ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ०३ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले