१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

डिजिटल अर्थतन्त्र विस्तारमा सरकारको जोड, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल अर्थतन्त्रको विस्तार, राजस्व चुहावट नियन्त्रण र वित्तीय सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लाटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र औपचारिक अर्थतन्त्र निर्माण गरिने बताएका छन् ।

राष्ट्रपतिले वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकामा हुने न्यून बिजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने उल्लेख गरे । साथै करदातालाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सबै प्रकारका कर फिर्ता प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीति सरकारले अघि सारेको छ ।

नीति तथा कार्यक्रममा आधुनिक डिजिटल अर्थव्यवस्थालाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने घोषणा पनि गरिएको छ । यसबाट विदेशी मुद्रा आर्जन, अन्तर्राष्ट्रिय कारोबार र कर व्यवस्थापनलाई थप सहज बनाउने सरकारको अपेक्षा छ ।

सरकारले डिजिटल प्रविधिमार्फत आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै राजस्व चुहावट नियन्त्रण, वित्तीय अनुशासन कायम र औपचारिक अर्थतन्त्र विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ४७ बजे

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा