२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

हात्तीसारमा जन्मिए चार छावा



चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ ।

प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् । तीर्थमान कलीले पोथी र अरुले भाले छावा जन्माएका छन् । हाल केन्द्रमा नौवटा माउ, एउटा तालिमे बच्चा र छवटा साना बच्चा छन् । तीमध्ये दुईवटा गत वर्षका हुन् भने चारवटा यसै वर्षका हुन् । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महिनामा बच्चालाई जन्म दिने गर्दछन् ।

निकुञ्जभित्रका विभिन्न पोष्टमा गरी हात्तीको सङ्ख्या ५८ वटा रहेका थिए । गत वर्ष दुईवटा हात्ती कतार पठाइएको छ । विसं २०४४ मा स्थापना भएको यस केन्द्रमा हालसम्म ६८ वटा बच्चा जन्मिसकेका छन् । यहाँका पोथी हात्तीलाई जङ्गली हात्तीले केन्द्रमा आएर गर्भधान गराउने गर्दछन् ।

ध्रुवे, रोनाल्डो, गोविन्दे र गत साल मरेको मकुनाले यहाँ पोथी हात्तीलाई प्रजनन गराउँदै आएका छन् । यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका दुईवटा जङ्गली हात्ती पनि केन्द्रमा आउन थालेका छन् । केही दिनअघि शेरगज र रोनाल्डोबीचमा केन्द्रमा लडाइँ भएपछि अन्य हात्ती र माउते त्रसित भएका थिए । यहाँ जन्मिएका हात्तीका छावालाई तालिम दिएर निकुञ्जका पोष्टहरूमा काम गर्न पठाउने गरिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : १२ बजे

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले