१२ असार २०८३, शुक्रबार | June 27, 2026

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए



खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय नमुना माध्यामिक विद्यालयबाट यस वर्षको एसईईमा ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सोमबार प्रकाशित एसईईको नतिजामा ज्ञानोदयबाट १ जना ४ जिपिए सहित १४१ जना विद्यार्थी ग्रेडेड भएका हुन् ।

साधारण र प्राबिधिक गरि १६८ जना विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएकोमा २७ जना विद्यार्थी भने ननग्रेडेड बन्न पुगेका छन् । ज्ञानोदयकी झरना न्यौपानेले ४ जिपिए ल्याउन सफल भएकी ज्ञानोदय नमुना माबिका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए ।

ज्ञानोदयबाट ८ जना ए प्लस, २८ जना ए तथा ७२ जनाले बि प्लस स्तरको ग्रेड प्राप्त गर्न सफल भएको प्रअ सापकोटाले बताए । जस अन्तर्गत साधारण तर्फ २ जना ए प्लस, १८ जना ए, ५१ जना बि प्लस र २७ जना बि ग्रेड प्राप्त गरेका छन् भने प्राबिधिक तर्फ ६ जना ए प्लस, १० जना ए, २१ जना बि प्लस र ६ जना बि ग्रेड प्राप्त गरेका छन् ।

२०७३ सालदेखि ज्ञानोदय माविले प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ विषयमा कक्षा ९ देखि १२ सम्म पढाइ सञ्चालन गर्दै आएको छ । २०३४ सालमा स्थापना भएको ज्ञानोदय मावि तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र, हालको लुम्बिनी प्रदेश र बाँके जिल्लास्तरमा पटक–पटक उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ३६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३