२० भदौ २०८३, शनिबार | September 5, 2026

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद



धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।

प्रहरी नायब उपरीक्षक दाहालले भने, “गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो । खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो । तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो ।”

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९८० ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । पक्राउ परेका तामाङ यसअघि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ ।

प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई आआफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ । दुवै जनालाई आआफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : ४६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी