४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेकपाका कार्यकर्तालाई सडक आन्दोलनमा जान बाटो खुल्यो



बुटवल । प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावका विरुद्ध बुटवलमा जारी आन्दोलनमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताहरुलाई बाटो खोलिदिएको छ ।

नेकपाको रुपन्देही जिल्ला कमिटी, बुटवल उपमहानगर कमिटी तथा स्थानीय पालिका स्तरीय कमिटीहरुले प्रदेश राजधानीका सम्बन्धमा जारी आन्दोलनमा एक्यबद्धता जनाएपछि कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागि हुने बाटो फुकेको हो ।

आफ्नै पार्टीको सरकारले ल्याएको राजधानी सार्ने प्रस्तावका विरुद्ध जान हुने वा नहुने विषयमा रुपन्देही र यस आसपासका पार्टी कार्यकर्ताहरु अन्यौल भएको अवस्थामा सरकारले प्रस्ताव ल्याएको तेस्रो दिन पार्टीले कार्यकर्ताको अन्यौलता हटाईदिएको छ ।

नेकपाको रुपन्देही जिल्ला कमिटीले विज्ञप्ति प्रकाशित गरेर जनताको आक्रोशलाई स्वाभाविक भनेको छ भने बुटवल उपमहानगर कमिटीले विज्ञप्ति प्रकाशित गर्दै नागरिक आन्दोलनमा एक्यबद्धता प्रकट गरेको छ ।

नेकपाको सैनामैना, तिलोत्तमा नगर कमिटीहरुले पनि आन्दोलन प्रति एक्यबद्धता व्यक्त गरेका छन् । नेकपा महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय कमिटीका अध्यक्ष तेजेन्द्र केसीले पनि आन्दोलनप्रति नैतिक समर्थन जनाएका छन् ।

संसदभवनमा कडाई

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस तथा राजधानीका लागि आन्दोसलत बिभिन्न संघ संस्थाहरुले सोमबारको आन्दोलनलाई संसदभवनमा केन्द्रित गर्ने घोषणा गरेपछि प्रदेश नम्बर ५ को प्रदेशसभा भवन क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

सोमबार बिहानै देखि नेपाल प्रहरी र सशसत्र प्रहरीको ठुलो संख्या संसदभवन परिषरमा परिचालन गरिएको छ ।

रुपन्देहीमा प्रहरी जनशक्ति कम भएको भन्दै प्रदेशका अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी रुपन्देहीमा मगाईएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको