१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन टुंग्याउने तयारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बैठक बसिरहेको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा बसिरहेको छ। बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्य जिम्मेवारीबारे प्रस्ताव प्रस्तुत गरेका थिए। आजको बैठकमा त्यस प्रस्तावमाथि छलफल गरी आवश्यक हेरफेरसहित अन्तिम निर्णय गरिने बताइएको छ। निर्णयपछि कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि)मार्फत औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

एमालेको ११औँ महाधिवेशनपछि गरिएको अस्थायी कार्यविभाजनलाई अब स्थायी रूप दिन लागिएको हो। गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनपछि नेताहरूलाई फागुन २१ को निर्वाचनलाई केन्द्रमा राखेर अस्थायी जिम्मेवारी दिइएको थियो।

यसपटकको कार्यविभाजनमा अधिकांश केन्द्रीय सदस्यलाई ‘मिसन स्थानीय चुनाव’ अन्तर्गत विशेष जिम्मेवारी दिने प्रस्ताव पनि अघि सारिएको छ।

बैठकमा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा समेत गम्भीर छलफल हुने संकेत देखिएको छ। एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले ‘मार्ग प्रशस्त’ गर्नुपर्ने विषयमा पनि बैठकमा बहस हुन सक्नेछ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ३४ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’